सालार’ को सुटिङमा प्रभास घाइते
काठमाडौं, ६ चैत
दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए ।
हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ ।
प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन् । फिल्मको बजेट एक सय ५० करोड छ ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस