सीआईबीको सोधपुछपछि प्रियंका कार्की रिहा
काठमाडौं, ६ चैत
क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ ।
नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।
क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।
‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं ,’ उनले भने । अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको उनले बताए ।
क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।
नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस