सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ
काठमाडौँ, ७ चैत
सुनको भाउ सोमबार ताेलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
साेमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।
क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस