एक लाख नाघेको सुनको मूल्य घट्न थाल्याे
लगातार बढेर एक लाख नाघेको सुनको मूल्य क्रमिकरुपमा घट्न थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसअघि सुनको मूल्य घट्न थालेकको छ । फागुन अन्तिम साता सुनको मूल्य बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावले गर्दा अहिले मूल्य घटेर एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिनका तुलनामा तोलामा ११ सय रुपैयाँ घट्दा बुधबार प्रतितोला ९९ हजार २ सय रुपैयाँ कारोबार भएको महासंघको भनाइ छ । मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले केही दिनदेखि सुनको मूल्य उतारचढाव भइरहेको बताए । रुस र युक्रेनको द्वन्द्वको कारणले सुनको मूल्यमा उतारचढाव आएको उनको भनाइ छ । यसअघि फागुन अन्तिम साता सुनको मूल्य बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको थियो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ९ सय ३४ डलर रहेको सुनको मूल्य बुधबार घटेर १ हजार ९ सय २१ डलरमा झरेको छ । मूल्य बढेपछि कारोबार आधाले घटेको उनको भनाइ छ ।
यसअघि २३ भदौ २०७७ मा सुनको मूल्य बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमिकरुपमा मूल्य घटेर तोलामा ९० हजार रुपैयाँ झरेको थियो । सुनको मूल्य बढेपछि स्थानीय बजारमा कारोबार सुनसान रहेको छ । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकोमा अहिले घटेर कारोबार ५० प्रतिशतमा झरेको व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार मूल्य बढेकाले अहिले दैनिक १० देखि १५ किलोमात्र सुन कारोबार हुने गरेको छ । विगतका वर्षमा मूल्य बढेका बेला बिक्री गर्ने ग्राहक आउने गरेकोमा यसपटक किनबेच नै ठप्प भएको शाक्यले जानकारी दिए । लगातार मूल्य बढ्दै गएको र अफ सिजन भएकाले पनि कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ ।
सुनको मूल्य बढेकाले नेपाल राष्ट्र बैंकले आयातमा कटौती गरेको छ । दैनिक २० किलो सुन वाणिज्य बैंकले आयात गर्दै आएकोमा फागुन अन्तिम सातादेखि १० केजीमा झरेको थियो । लगातार मूल्य बढेपनि नेपाली रकम विदेशी मुद्रासञ्चिति घट्न थालको भन्दै राष्ट्र बैंकले आयातमा कडाई गरेको थियो ।
पत्रपत्रिकाबाटः श्राेत काराेबार दैनिक
क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस