• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य फेरि बढ्याे


    काठमाडौँ, ११ चैत

    सुनको भाउ साताकाे अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस