सिभिल बैङ्कको नगदरहित अभियान बेगनासमा
सिभिल बैङ्कले नगदरहित अभियान अन्तरगत बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ ।
शुक्रवार कास्कीको बेगनास तालमा आयोजित एक कार्यक्रमका बिच बैङ्कले उक्त सेवा प्रदान गरेको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बैङ्कले आफ्नो ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरूमा क्युआर कोडलाई अझ सशक्त रूपमा देशव्यापी रूपमा लैजाने र आगामी दिनहरूमा पनि यस्तै खालको सेवाहरू ल्याउँदै जाने कुरा बताए।
नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा लैजानु पर्ने बताए ।
कार्र्यक्र्रममा नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक डा. राम शरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा बिदेसिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए ।

क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस