अभिनेता स्मिथले दिए ओस्कार्स एकेडेमीबाट राजीनामा
न्युयोर्क, १९ चैत
अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन् । आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए । क्रिस रकलाई थप्पड हानेको घटनाले संसारभर चर्चा भएको थियो ।
‘मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको सूचनालाई सीधै जबाफ दिएको छु । म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु । ९४औँ एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए’ उनको विज्ञप्तिमा भनिएको छ ।
मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए । ठट्टापछि स्मिथ आफू बसिरहेको स्थानबाट उठेर क्रिसलाई थप्पड हानेका थिए । थप्पड हानेपछि स्मिथको चर्को आलोचना भएको थियो । सो घटनापछि ओस्कार्स एकेडेमीबाट राजीनामा दिन दबाब बढेको थियो ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस