• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    काठमाडौँ, २३ चैत

    सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ  पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस