जंगली च्याउ खाँदा एक महिलाको मृत्यु
जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।
बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा दस जना स्थानीय बिरामी भएका थिए ।
क्याटेगोरी : समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस