• जीवनशैली | Jiwanshaili
  • जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ


    जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका- ४ का ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।  ।

    जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएपछि फरार रहेका ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि  भद्रपुर कारागार पठाइएको  समेत प्रहरीले बताएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस