अवैध लागूऔषधसहित चारजना पक्राउ
प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। उनीहरु कञ्चनपुर, कैलाली र झापाबाट पक्राउ परेका हुन् ।
कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुल र कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिकसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुप्रप०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित उक्त पदार्थ फेला पारी अटोका चालक बिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, भारत घर भएका २२ वर्षीय रजिया आलमलाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित आलमलाई पक्रउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस