मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या
पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् ।
मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५÷४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।
इलाका प्रहरी कार्यलय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस