ग्रेडरले किच्दा साइकलयात्रीको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ । साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी-५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् ।
बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको ना१क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई ठक्कर दिँदा दुर्घटना भएकाे हो । ग्रेडर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस