कारागारमा थुनिएका अभिनेता पल शाहलाई उत्कृष्ट नायकको अवार्ड
नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट नायक ठहरिएका हुन्।
सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्।यति मात्र होइन, ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ। पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा पलको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस