• जीवनशैली | Jiwanshaili
  • सिभिल बैङ्क डिबेन्चर २०८८ ऋणपत्र नेपाल स्टक एक्स्चेंजमा सूचीकृत 


     

     

    सिभिल बैङ्क लिमिटेडको १०।२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैङ्क डिबेन्चर २०८८” ऋणपत्र नेपाल स्टक एक्स्चेंजमा सूचीकृत भएको छ । मङ्गलवार सिभिल बैङ्क लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच को क्रम सङ्ख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो  ।  सिभिल बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले  उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका बैंक द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
    सिभिल बैङ्कको उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्री खुल्ला गरिएको थियो । बैङ्कले यसरी वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिने बताएको छ । यसै गरी  डिबेन्चरको आरतियस सम्बन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने बताएको छ ।

     


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस