• जीवनशैली | Jiwanshaili
  • रणवीर कपुर र आलिया भट्टले बिहे गरे


    बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले आज बिहे गरेका छन्। लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार बिहे गरेका हुन्।

    रणवीर र आलियाको विवाहमा नजिकको आफन्त र साथीभाइ मात्रै सहभागी भएका छन्।

    उनीहरूको अप्रिल १३ मा मेहन्दी समारोह सम्पन्न भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। रणवीरकी आमा नीतु कपूरले आफ्नो इन्स्टाग्राममा मेहन्दी लगाएको तस्बिर सार्वजनिक गरेकी थिइन्।

    अहिले उनीहरूको बिहेको तस्बिर पनि सार्वजनिक भएको छ। आलियाको इन्स्टाग्राममार्फत् उनीहरूको बिहेका तस्बिर सार्वजनिक गरिएका हुन्।


    क्याटेगोरी : मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस