दक्षिण भारतीय फिल्म केजीएफ-२’को शानदार सुरुवात
बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।
फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली–२’को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ ।
प्रशान्त नील निर्देशित ‘केजीएफ’को दोस्रो सिक्वेलले बक्स अफिसमा नयाँ नयाँ रेकर्डसमेत कायम गरिरहेको छ । यो फिल्मप्रति दर्शकमा देखिएको क्रेजका कारण नेपालमा समेत बिहीबार मल्टिप्लेक्सहरुमा चौबीसै घण्टा शो छुट्याइएको थियो ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस