• जीवनशैली | Jiwanshaili
  • इन्द्रावती नदीमामा युवतीको शव फेला


    इन्द्रावती गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।

    इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।

    दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ ।

    उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।

    शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।


    क्याटेगोरी : समुदाय

    प्रतिक्रिया दिनुहोस