• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले घटेर रु एक लाख दुई हजार १ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १ हजार ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो ।

     

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्ठिर रहि रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।

     

     


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस