नायिका केकी अधिकारीकाे बिहे आज
नायिका केकी अधिकारीले आज बिहे गर्ने भएकी छन् । नायिका केकीले बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरीको गर्मी बढेको थियो । तर उनले आज चाहिँ मेहेन्दी उत्सव गरेको जानकारी प्राप्त भएको छ ।
आखिर को हुन् त उनका हुनेवाला श्रीमान् भन्ने जिज्ञाषा पनि आम नागरिकमा बढेको छ । उनले व्यवसायी रोहित तिवारीसँग सिमित पारिवारिक जमघटमा वीच लगनगाँठो कस्ने भएकी हुन् ।
रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ रहेको थाहा भएको छ । उनी पेशाले इन्जिनियर भएको पनि थाहा भएको छ । उनले नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरवाट इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा बिई गरेको खुल्न आएको छ ।
उनी रोहितसँग १ वर्ष अघिदेखि प्रेम सम्बन्धमा भएको बुझिएको छ । उनीहरुको अफेयरको बारेमा केकी नजिकका सीमित व्यक्तिलाई कलाकारहरूलाई मात्र थाहा भएको खुल्न आएको छ ।
उनले पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने बताउदै आएकी थिइन् । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्दै आएकी थिइन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस