• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्याे


    नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस