हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु
चितवन जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । फरक-फरक ठाउँमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।
भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार २ जनाको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताए । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिए ।
उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
क्याटेगोरी : गाँउघर, ताजा अपडेट, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस