पाँच किलो गाँजासहित एक पक्राउ
१० पुस, विराटनगर । प्रहरीले पाँच किलो गाँजासहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राईलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो ।राईले चलाइरहेको को ३८ प ७९५१ नम्बरको स्कुटरलाई प्रहरीले साँझ ५ बजेतिर नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस