बिरोधका कारण अक्षयकुमार ‘पृथ्वीराज’को नाम फेरियो, अब ‘सम्राट पृथ्वीराज’
काठमाडौं, १४ जेठ
बलिउड अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ । फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो । फिल्म यही ३ जुनमा रिलिज हुँदैछ ।
यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न माग राखेको थियो । करणी सेना पनि फिल्मको नाम ‘पृथ्वीराज’बाट ‘सम्राट पृथ्वीराज’ होस् भन्ने चाहन्थ्यो । त्यहीकारण उनीहरुको मागलाई सम्बोधन गर्दै यशराजले नाम फेरेको हो ।
फिल्ममा अभिनेता अक्षय कुमार मुख्य सम्राट पृथ्वीराजको भूमिकामा देखिँदैछन् । फिल्ममा पूर्व मिस वल्र्ड मानुषी छिल्ल र संयोगिताको भूमिकामा छिन् । यो उनको डेब्यू फिल्म हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ ।
चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो ऐतिहासिक ड्रिम फिल्मको हो लागि निर्माण पक्ष भने जोडतोडका साथ प्रमोसनमा जुटेको छ । कोरोना महामारी अन्त्य भएसँगै बलिउडमा धमाधम फिल्म रिलिज हुन थालेका छन ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस