सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’मा मिरुना र गणेशको अभिनय
काठमाडौं, २० जेठ
लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी क्या राम्री’को भिडियो सार्वजनिक गरिएकाे छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् ।
प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् ।
५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस