• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, ३ असार

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


    क्याटेगोरी : ताजा अपडेट, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस