चलचित्र ‘म’ को टिजर सार्वजनिक
चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो ।
यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।
सस्पेन्स–थ्रिलर चलचित्रमा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथा छ । चलचित्रको निर्देशन भने सुवर्ण थापाले गरेका छन् ।
आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने चलचित्र ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस