‘सर्वगुण सम्पन्न’मा वाणी ‘पोर्नस्टार’
एजेन्सी
मुम्बई, ९ असार
अभिनेत्री वाणी कपुरले फिल्म ‘शुद्ध देशी रोमान्स’बाट बलिउडमा पाइला चालिन् । जुन फिल्ममा उनको सीमित दृश्य मात्र थियो । तर पनि उनलाई दर्शकले ‘नोटिस’ गरे । फिल्म ‘वार’ र ‘बेल बटम’ जस्ता फिल्ममा उनको दमदार उपस्थितिले दर्शकलाई केही राहत मिल्यो । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कुल फरक अवतारमा देखिँदैछिन् ।
यिनै वाणीले एक सोसियल—कमेडी फिल्म ‘सर्वगुण सम्पन्न’ मा हस्ताक्षर गरेकी छन् । जुन फिल्मलाई दिनेश भिजनको म्याडडक फिल्मस्ले निर्माण गर्दैछ । महिला केन्द्रीत यो फिल्मले सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन् ।
‘दिनेश भिजनले उच्च सोच र विकसित कथासहित एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन् । फिल्ममा वाणी संघर्षशिल, बोल्ड र आफ्नो अस्थित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन्,’ फिल्म निकट स्रोतले भन्यो ।
फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ । सोनाली फिल्मकर्मी कुनाल देशमुखकी श्रीमती हुन् । उनले यसअघि ‘जन्नत’, ‘तुम मिले’, राजा नटरवाल’ र ‘सिद्धत’ जस्ता फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेकी छन् ।
सन् २०१३ मा फिल्ममा पाइला चालेकी वाणीले पहिलोपटक ‘सर्वगुण सम्पन्न’मा मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्दैछिन् । फिल्मको छायांकन केही महिनाभित्रै सुरु हुनेछ ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस