टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक
काठमाडौं, १२ असार
टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक गरिएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यता हो भन्ने मूल मर्म बोकेको टेलिश्रृृंखलामा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला ५२ भागसम्म प्रसारण्मा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।
टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस