महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन
खोटाङ, १३ असार
महंगील वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् ।
युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरिएको हो । राँके जुलुस प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
भवनगैरा पुगेपछि राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र प्रदर्शनकर्ताबीचमा राँको खोसाखोस गर्न घम्साघम्सी चलेको थियो । राँके जुलुस प्रदर्शनपछि त्रिबेणीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा सरकार मुकदर्शक बनेको आरोप लगाए ।
राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महंगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेका थिए ।
क्याटेगोरी : ताजा अपडेट, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस