मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौं, १३ असार
मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरिगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुले बोकेको जेब्रा झोलामा ८ किलो गाँजा फेला पारेको हो ।
क्याटेगोरी : समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस