बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते
बनेपा, १६ असार
काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
बनेपा-१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस