नयाँ लेखकलाई समेट्दै ‘पुष्पा २’
मुम्बई, २३ असार
अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन् । त्यसका लागि उनले एक योजना बनाएका छन् ।
सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रुपमा चिनिन्छन् । त्यहीकारण उनले तेलुगुमात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरुलाई ‘पुष्पा २–द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन् । उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा २’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन् । उनले युवाहरुको फाइनल ड्राफ्ट आफूलाई मनपरेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन् ।
‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ । जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ । उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’,उनले भनेका छन् ।
सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्सअफिसमा १ सय ८ दशमलब २६ करोडको कमाई गरेको थियो ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस