स्ट्रिमिङ साइट्सले हटायो माइकलका तीन गीत
एजेन्सी
विश्वविख्यात पप गायक तथा डान्सर माइकल ज्याक्सन प्रायः आफ्नो गीतका कारण चर्चामा आइरहन्थे । भलै उनी अहिले संसारमा नभए प्नि उनको गीतले अझै दर्शकलाई मनोरञ्जन दिइरहेको छ । यहीबीचमा दिवंगत गायकसँग जोडिएको एक खबर बाहिर आएको छ ।
हालै मात्र माइकलका तीन गीतलाई स्ट्रिमिङ साइट्सबाट हटाइएको छ । माइकलका यी तीन गीतलाई लामो समयदेखि अरुकै गीत भनेर दाबी भइरहँदा स्ट्रीमिङबाट हटाइएको हो ।
सन् २०१० मा बजारमा आएको एलबम ‘माइकल’मा ‘ब्रेकिङ न्यूज’, ‘मोन्स्टर’ र ‘किप योर हेड अप’ गीत समावेश थिए । यो गीतलाई माइकलको निधनको एक वर्षपछि सार्वजनिक गरिएको थियो । यो गीत सार्वजनिक हुनासाथ केही फ्यानले गीतमा अमेरिकी गायक जेसन मलाचीको ओरिजिनल स्वर रहेको दाबी गरेका थिए । यद्यपि, सोनीले यी सबै दाबी अस्वीकार गरेको थियो ।
रेकर्ड कम्पनी र ज्याक्सनका प्रतिनिधिले गीतमाथि भइरहेको विवादलाई सरल र सजिलो तरिकाले समाधान गर्न गीत हटाउने निर्णय लिएको जानकारी दिएको छ । तर, गीतको प्रमाणिकरणका विषयमा कुनै शंका नगर्न उनीहरुले आग्रह गरेका छन् । उनीहरुले स्ट्रीमिङ साइट्समा एल्बमका अन्य सात गीत भने उपलब्ध हुने उल्लेख गरेका छन् ।
माइकलले सन् २००७ मा निर्माता एडवर्ड क्यासियो र जेम्स पोर्टेसँग यो गीत लेखेर रेकर्ड गरेका थिए । तर, गीत रेकर्ड भएपछि उनका परिवारका केही सदस्य तथा प्रशंसकले ‘के गीतमा माइकलकै स्वर थियो त ?’ भनी सन्देह व्यक्त गरेका थिए ।
सन् २०१४ मा प्रशंसक वेरा सेरोवाले क्यालिफोर्नियामा सोनी, ज्याक्सनका स्टेट, क्यासियो र पोर्टेविरुद्ध उपभोक्तासँग झुट बोलेको आरोप लगाउँदै उजुरी दिएका थिए । यद्यपि, अदालतले सन् २०१८ मा सोनी र एस्टेटको पक्षमा फैसला सुनाउँदै उजुरी खारेज गरेको थियो । त्यसपछि सरोवाले क्यालिफोर्नियाको सर्वोच्च न्यायालयमा अपिल गरेका थिए । तर, न्यायाधीशहरुले भने यो विषयमा कुनै सुनुवाई गरेनन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस