• जीवनशैली | Jiwanshaili
  • अभिनेत्री नीता र ज्योतिष हरिहर आज वैवाहिक जीवनमा बाँधिदै


    अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी आज (शुक्रवार) वैवाहिक जीवनमा बाँधिदैछन् ।

     

    लामो समयदेखि प्रेममा रहेका नीता र हरिहरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

     

    गत एक सातादेखि अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमा विवाहअघिका विभिन्न समारोहका तस्बिरहरु शेयर गरिरहेकी छिन् ।

     

    नीताले ब्याच्लर पार्टी तथा मेहन्दी समारोहका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । शुक्रवार काठमाडौंको एउटा पाँच तारे होटलबाट सम्पन्न हुने वैवाहिक समारोहमा पनि नीता तथा हरिहरले परिवारका सदस्य तथा निकटका साथीभाइलाई मात्र नीम्तो गरेका छन् ।

     

    आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन् । जसमा चलचित्र क्षेत्रका साथै सञ्चारकर्मीहरुलाई समेत बोलाइएको छ ।


    क्याटेगोरी : मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस