• जीवनशैली | Jiwanshaili
  • पछिल्लो चौबिस घण्टामा थपिए कोरोना भाइरसका ९८ जना नयाँ संक्रमित


    काठमाडौं, २४ असार

    पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

    बितेको चौबिस घण्टामा १ हजार ९३ जनाको एन्टीजेन र १ हजार ६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

    मन्त्रालयले हाल देशमा कोरोना भाइरसका ५ सय ६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस