• जीवनशैली | Jiwanshaili
  • सुन-चाँदीको भाउ बढ्यो


    काठमाडौं, ३० असार

    नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो ।

    चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस