‘वीर बलभद्र’मा नालापानी युद्धको कथा प्रकाशित
काठमाडौं, ४ साउन
कथालय इन्कले बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर बालजीवनी ‘वीर बलभद्र’ प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।
रोशन पोख्रेल भद्रपुर, झापामा जन्मेका हुन् । उनकाअरु बाल साहित्य र किशोर साहित्य गरी १५ वटा पुस्तक प्रकाशित छन् ।
यस पुस्तकमा बलभद्रको विवाह, पल्टनमा प्रवेशका साथै उनको कुटनीतिक क्षमता र वीरताको व्याख्यासँगै इतिहासका धेरै तथ्य बुझ्न कथा उपयोगी छ । भारतमा शासन गरेका अंग्रेज फौज कसरी नेपाल प्रवेश गर्न चाहे र त्यसलाई बलभद्र नेतृत्वको सैनिक टोलीले कसरी परास्त गर्यो, कथाको दृश्य वर्णन रोचक छ । जसलाई कथाअनुसारको चित्रले अर्थपूर्ण बनाएको छ ।
त्यसबेलाको विशाल नेपालमा अंग्रेजले किन आँखा गाडे ? पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूमि सुगौली सन्धिमार्फत कसरी गुमाउनुपर्यो ? कथाक्रम अघि बढ्दै जाँदा इतिहासका यस्ता यावत् प्रश्नहरूको जवाफ मिल्दै जान्छ । इतिहासका तिथिमिति र तथ्यहरूको जटिल प्रस्तुति पढ्दै आएका अभिभावकहरूका लागि पनि यो बाल जीवनी निकै सरल र छोटोमा धेरै कुरा बुझिने खालको छ । पुस्तकको आवरण चित्र रवीन्द्र मानन्धर र भित्रका चित्रहरू ध्रुव प्रजापतिले बनाएका हुन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस