सिभिल बैङ्ककाे दोब्बर र तेब्बर प्लस मुद्दती योजना सार्वजनिक
सिभिल बैङ्कले दुई नयाँ आकर्षक मुद्दती योजनाहरू सार्वजनिक गरेको छ । समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेका सिभिल बैङ्कले दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको हो ।
यो मुद्दती योजनाहरू अन्तर्गत ग्राहकहरूले आफ्नो मेहनतको कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्ने बताएको छ । ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरूले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी पाइने र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्ने बताएको छ ।
त्यसै गरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा सञ्चित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना लिन सक्ने बताएको छ ।
दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजनाहरूमा रिलायन्स लाइफ इन्सुरेन्ससंगको सहकार्यमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बिमा सुविधा र अजोड इन्सुरेन्स सँगको सहकार्यमा दश लाखको दुर्घटना बिमा सुविधा निःशुल्क पाइने बताएको छ ।
बैङ्कले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ ।
सात लाख भन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको बैङ्कले जनाएको छ छ । साथै बैङ्कले गत आषाढ मसान्त सम्म रु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको बैङ्कले बताएको छ ।
क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस