• जीवनशैली | Jiwanshaili
  • युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’


    काठमाडौं, ८ साउन

    फिल्म प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ ।

    प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । जर्मनको फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो ।

    ‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने ।

    प्रेमगन्ज भारतमा पनि प्रदर्शन हुने प्रेमगन्ज ३ भदौबाट देशभर प्रदर्शन हुनेछ ।


    क्याटेगोरी : मनाेरञ्जन शैली

    प्रतिक्रिया दिनुहोस