राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय
काठमाडाैं, १० साउन
गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
नेपाल सिंगिङ सुपरस्टारको प्रतिस्पर्धीसमेत रहेका उनको ‘कालो कालो’ र ‘ताेडियाे ताेडियाे’ गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।
कान्छीमा सुन्दर मगरको शब्द सृजना र संगीत तथा अभिजंग क्षत्रीको संगीत संयोजन छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम हुन् भने भिडियो निर्माणमा केदार उप्रेती छन् । देवीथान म्युजिक च्यानलबाट कान्छी सार्वजनिक गरिएको हो ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस