• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्याे


    सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

    हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो । सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ ।

    महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस