इलामको फिक्कलमा सिभिल बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर
सिभिल बैङ्कले इलामको फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको बैङ्कले यो सँगै १३ एक्सटेन्सन काउन्टर पुगेको बैङ्कले जनाएको छ । जिल्लाको सूर्योदय नगरपालिका वडा नं १०मा थप गरिएको एक्सटेन्सन काउन्टर जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरेको बैङ्क द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूले बैङ्कको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैङ्किङ कारोबारहरू सजिलैसङ गर्न सक्ने बताएको छ ।
सात लाख भन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको बैकको हालसम्म ९९ एटिएम रहेको बताएको छन् ।
बैङ्कले गत आषाढ मसान्त सम्म रु। ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु। ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको समेत जनाएको छ ।
क्याटेगोरी : बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस