सुदूरपश्चिम प्रहरी प्रादेशिक अस्पताल सञ्चालनमा, सर्वसाधारणले पनि सेवा पाउने
कैलाली, १६ साउन
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् ।
नेपाल प्रहरी स्कुलको हाताभित्रको भवन उद्घाटन गरे लगत्तै प्रहरी महानिरीक्षक सिंहले सो अवसरमा वृक्षारोपण समेत गरेका थिए ।
प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिनेलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिएका छन् ।
सो अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचार कै लागि काठमाडौं उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारिता ल्याउन मद्दत पुग्ने विश्वास सिंहले विश्वास व्यक्त गरेका छन् ।
सो क्रममा अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशनसमेत प्रहरी महानिरीक्षक सिंहले दिएका छन् ।
क्याटेगोरी : समाज, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस