• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य वढ्याे


    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार सय रुपैयाँ कायम भएको छ ।

    चाँदीको भाउ भने एकै पटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस