करणको गीति एल्बम द काइट्स सार्वजनिक
काठमाडौं, २९ साउन
नवगायक करण राईको पहिलो गीति एल्बम‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे ।
एल्बम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डका साथ गाउका थिए । बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।
एल्बममा ९ गीत समावेश छन् । एल्बमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीतहरुमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द छ । त्यस्तै देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।
क्याटेगोरी : मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस