पशुपतिनाथ मन्दिरको पूर्वी मूलढोका १५ बर्षपछि खुल्याे
काठमाडौँ, १४ भदौ । पशुपतिनाथ मन्दिरको पूर्वी मूलढोका १५ बर्षपछि आज खुलेको छ ।
महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा दर्शन गर्न आउने भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।
पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वीढोका बन्द रहेको थियो । यसैगरी यो वर्ष कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको पनि कोषले जानकारी दिएको छ ।
तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको जनाइएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको कोषको भनाई छ । मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गर्ने कोषको तयारी छ । कैलाश दक्षिणबाट रुद्रगाडेश्वर, पञ्चदेवलबाट चार शिवालयसम्म डोरी तानेर व्यवस्थित गरिएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस