सहकारीकाे साधारणसभामा सदस्यहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण
भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
सूर्यविनायककाे क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गर्दै भविष्यमा शिविर आयाेजना गर्न माग गरेका छन् ।
कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँंदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँंग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस