भक्तपुरमा इन्द्रजात्रा: आज साँंझ सिद्धपोखरीमा दीपावली हुने
भक्तपुरको सबैभन्दा ठूलो सिद्धपोखरीमा शुक्रबार साँंझ दीपावली हुँंदैछ । पोखरीमा भोलि शनिबार मेला लाग्नेछ ।
भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँंझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरुबाट हजारौं श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् ।
स्थानीयको अगुवाइमा साँंझ दीपावली गरिने चलन छ । पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । त्यसै पनि आकर्षित पोखरीमा साँंझ दीपावली गरेपछि अझ यो आकर्षित देखिन्छ । त्यही कारण यो दृश्य हेर्न पोखरीमा भीड लाग्ने गर्दछ ।
स्थानीयका अनुसार त्यसका लागि झन्डै एक हजार पाँंच सयभन्दा बढी दियो आवश्यक हुने जनाइएको छ । दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने गर्दै आएको छ । स्वयंसेवकका रूपमा स्थानीय वडाबासी खटिने गर्दछन् । दीपावलीका लागि स्वयंसेवक मात्रै एक सयभन्दा बढी खटिन्छन् ।
भक्तपुर नगरपालिका-१ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीले यो वर्ष पनि वडाबासी नै स्वयंसेवकका रूपमा खटिने र आवश्यक तेल नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिए ।
क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस