• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने


    काठमाडौं, ६ कात्तिक

    काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचनाजारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए ।

    सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ ।

    गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आआफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसीरभैलो कार्यक्रम गर्न समयसीमा राख्नेरनराख्नेबारे निर्णय गर्न भनेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन् ।


    क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस